arrow

वेपत्ता छानविन आयोगले उजुरी दर्ता गर्न थाल्यो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत १७ बुधबार
Morang-hamrakura.jpg.jpeg
विराटनगर । वेपत्ता छानविन आयोगले मोरङमा द्वन्द्वका वेला भएका घटनाको उजुरी लिने काम शुरु गरेको छ । जिल्ला तहमा स्थानीय शान्ति समिति मोरङ मार्फत उजुरी लिने व्यवस्था मिलाइएको छ । शान्ति समिति मोरङ संयोजक महेश रेग्मीका अनुसार माओवादीको ‘जनयुद्ध’ कालमा राज्य र माओवादी दुवैतर्फबाट भएका मानवअधिकार उल्लंघनका घटनामा उजुरी दर्ता गर्न सकिने छ । 
 
उजुरी दर्ता गर्ने म्याद आगगामी वैशाख ५ देखि असार २ गतेसम्म तोकिएको कार्यालय सचिव टिका घिमिरेले जानकारी दिए ।  सशस्त्र द्वन्द्वमा मोरङमा २१ जना वेपत्ता भएका थिए भने २ सय ४७ जनाको मृत्यु भएको थियो । २० जना घाइते तथा ६८ जना विस्थापित भएको स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ । सो अवधिमा ८ जनाको सम्पत्तिमा क्षति पुगेको थियो ।
 
केही दिन अघि मात्रै माओवादी विचारधाराका सवै पार्टीले द्वन्द्वकालिन मुद्दाहरु आयोगबाट टुंगो लगाउन प्रधानमन्त्रीको ध्यानाकषर्णण गराएका थिए । उनीहरुले शान्ति सम्झौताको मर्म अनुसार नै द्वन्द्वकालिन मुद्दाहरु टुंगो लगाउनु पर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ