arrow

१५ वर्षीय अकिला जन्सनले जितिन् 'डूडल ४' गुगल प्रतियोगिता

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
akilah.jpg.jpeg
एजेन्सी ।  अमेरिका निवासी अकिला जन्सनको उमेर केवल १५ वर्षको मात्र रहेको छ उनि हाई स्कुलकि विध्यार्थी हुन् । उनि अमेरिकामा आयोजिना भएको  'डूडल ४' गुगल प्रतियोगिता उत्कृष्ट भएकि छिन्  । 'एफ्रोसेन्ट्रिक' लाइफ नाम दिईएको उनकको डूडलमा अफ्रीकी-अमेरिकी बंशको चित्र रहेको छ ।
 
गुगलले उक्त  प्रतियोगिताको बिषय बस्तु मौलिकता झल्काउने हुनुपर्ने सुझाव दिइएको थियो । जसले अफ्रीकी तथा  अमेरिकी विरासत, आफ्नो पुर्खा प्रतिको प्रेम र आभारको साथै  वाशिंगटन प्रतिको उनिहरुको माया चित्रण गरेको होस‍् । अकिला जन्सनले बनाएको डूडल अफ्रीकी तथा  अमेरिकी विरासत झल्काउने किसिमको रहेको छ ।
 
'डूडल ४' गूगल एक वार्षिक प्रतियोगिता हो जुन संसार भरका धेरै देशमा आयोजना गर्ने गरिन्छ । जसमा धेरै संख्यामा  बालबालिकाहरुले उपस्थिति जनाउने गर्दछन् । उत्कृष्ट डूडललाई गूगलले त्यस देशको राष्ट्रीय गुगलको सर्च बक्समा राख्ने गर्दछ । अकिलालाई यस प्रतियोगितामा  विजयी भए वापत  कलेजको तर्फबाट करिब ३० हजार अमेरिकि डलर र  गूगलको तर्फबाट करिब ५० हजार अमेरिकि डलर  पढाई खर्चको लागि दिईने गुगलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ