arrow

कड्किदा कड्किदै ओली भड्किए, भने, ‘एमालेको नेतृत्वमा संविधान जारी भो’

‘नेपाल भारतवेष्टित होइन, भूपरिवेष्टित राष्ट्र हो’, ‘भारत मालिक हामी मज्दुर होइनौं’

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
KP-oli-talking.jpg.jpeg
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नेतृत्वमा संविधान जारी भएको भन्दै कार्यान्वयन समेत आफुहरुकै नेतृत्वमा हुने उद्घोष गरेका छन् ।  पूर्वी चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले संविधान कार्यान्वयन संगसंगै अब देशले विकासको गति लिने सुनाए । व्यवस्थापिका संसदमा पहिलो दल र संविधान जारी गर्दा ताका सरकारको नेतृत्व भने नेपाली कांग्रेसले गरिरहेकोप्रति प्रधानमन्त्री ओलीले ख्याल गरेनन् । 
 
यस्तै, नेपाल–भारत सम्बन्धबारे कुरा झिक्दै प्रधानमन्त्री ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताए । ओलीले कड्किंदै भने, ‘नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभई सार्वभौमसत्ता सम्पन्न राष्ट्रबीचको हो ।’ 
 
चीन पनि छिमेकी मुलुक भएकाले भारत र चीन दुवैलाई हेर्ने दृष्ट्रिकोण सरकारको बराबर रहेको ओलीको भनाई छ । चीनसंग महत्वपूर्ण सम्झौता गरेर आएपछी ओलीले पहिलो पटक औपचारिक कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे टिप्पणी गरेका हुन् । ओलीले चीनसंग गरिएका सम्झौता नेपालले सार्भमौम मुलुकको हैसियतले आफ्नै इच्छा र चाहनाअनुसार गरेको जिकिर गरे । 
 
एमाले चितवनले गरेको भेलामा प्रधानमन्त्री ओलीले एमाले राष्ट्रिय राजनीतिको चालक भएको भन्दै आफ्ना कार्यकर्तालाई शिर निहु¥याउने गरी कुनै पनि काम नगर्ने सुनाए । विकासका लागि सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने बताउँदै प्रधामन्त्री ओलीले दुई वर्षमा उपभोक्ताले मागेजति विद्युत् प्रवाह गर्ने बताए । ओलीले पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको सडक निर्माणका लागि सरकारले योजना तयार गरिसकेको बताए ।  
 
दुई वर्षभित्र केरुङ्बाट काठमाडौं जोड्ने दुई लेनको सडक निर्माण गरिसक्ने सरकारको योजना रहेको र मुलुकलाई दुई वर्षमा नै खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री ओलीको जिकिर छ । 



नयाँ