arrow

चीनमा आँधीले जनजीवन बर्बाद,  एक करोड २० लाख प्रभावित     

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
flood-china.JPG

बेइजिङ । चीनमा यस साता आएको आँधीका कारण ‘लेकिमा’ का कारण झण्डै एक करोड २० लाख नागरिक प्रभावित भएका छन् ।     
     
चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ, शाङहाइ, च्याङ सु, शान तुङ, आन्हुइ, फुच्येन, हपै, ल्याउ निन, चि लिनलगायतका प्रान्त र शहरमा आँधीको प्रभाब परेको छ ।     
     
मन्त्रालयले भनेको छ, “आँधीका कारण ८९ लाख ७० हजार व्यक्तिलाई गम्भीर प्रभाव पारेको छ । आँधीबाट १७ लाख तेह्र हजार व्यक्तिलाई आपतकालीन उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।”     
     
आँधीका कारण १३ हजार घरहरू भत्किएका छन् भने एक लाख १९ हजार घरहरूमा क्षति पुगेको छ । आँधीपछि आएको बाढीका कारण नौ लाख ९६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ ।     
     
‘लेकिमा’ आँधीका कारण सबैभन्दा धेरै च च्याङमा ३९ जनाको मृत्यु हुनुका साथै नौ जना बेपत्ता भएका छन् भने आन्हुईमा चार जनाको ज्यान गुमेको छ भने पाँचजना बेपत्ता भएका छन् । त्यसैगरी शान तुङमा पाँच जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् ।     
     
अर्थ मन्त्रालय र आपतकालीन व्यवस्था मन्त्रालयले च च्याङ, च्याङ सु, शान तुङ तीनवटा प्रान्तमा उद्दारका लागि तीस करोड चिनियाँ युआन विनियोजन गरेको जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ