arrow

हङकङमा सेना उतार्दै चीन : ट्रम्प

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
hongkong-china-army.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको सरकारले हङकङको सीमामा आफ्नो सेना पठाइरहेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले चीनले हङकङमा आफ्नो सेना पठाइरहेको दाबी गरेका हुन्।

हङकङमा चीन सरकारको विरुद्धमा अहिले प्रदर्शन जारी रहेको अवस्थामा ट्रम्पको यस्तो ट्वीट आएको हो। यहाँको प्रदर्शनको कारण अर्थव्यवस्थाका साथै उडानहरु पनि प्रभावित बनेका छन्। मंगलवार ट्वीट गर्दै ट्रम्पले अमेरिकी गुप्तचर संस्थाले चीनको सरकारले हङकङको सीमातर्फ आफ्नो सेना बढाइरहेको जानकारी दिएको बताएका हुन्।

उनले सबैलाई शान्त र सुरक्षित रहन पनि आग्रह गरेका छन्। यसअघि ट्रम्पले आफूलाई हङकङको मामिलामा दोषी ठहर्‍याइएको भन्दै आपत्ति जनाएका थिए। उनले आफूलाई किन दोषी बनाइएको हो भन्ने कुरा आफूले सोच्न नसकेको बताएका थिए।

मंगलवार हङकङ विमानस्थलमा प्रहरी र प्रदर्शनकारीको बीचमा आक्रमणका साथै झडप पनि भएको थियो। ठूलो संख्यामा प्रदर्शनकारी प्रस्थान विभागमा पुगेसँगै उडान प्रभावित भएको हो। पछिल्लो जानकारीअनुसार झडपमा चार जना मानिसहरुलाई हिरासतमा लिइएको छ। कुनै पनि व्यक्तिलाई चीन सुपुर्दगी गर्ने सम्बन्धी विधेयकको विषयलाई लिएर भड्एिको प्रदर्शन अझै रोकिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ