arrow

विशेष विमान पठाउँछु भन्ने मालिकलाई राहुलको जवाफ, 'जनतालाई भेट्न कहिले पाउँछु ?'

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
rahul-gandhi4.jpg

काठमाडौं। भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीले जम्मू कश्मीरका राज्यपाल सत्यपाल मलिक र कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीबीच ट्विटरमा सवाल जवाफ अझै चुलिएको छ । मंगलबार राहुललाई लिन विशेष विमान पठाउने बताएका सत्यपाललाई गान्धीले बुधबार ट्वीटरबाटै कहिले आउन सक्छु म कश्मीर उपत्यकामा भनेर सोधेका छन् । 

राज्यपालको निम्तालाई स्वीकार गर्दै गान्धीले सोधे 'म कहिले कश्मीर आउन सक्छु ? राहुलले यो पनि बताएका छन् कि उनी बिना शर्त कश्मीरका मानिसहरुसँग भेट्नको लागि तयार छन्। एक दिन अघि मात्रै सत्यपाल मलिकले राहुल गान्धीलाई उपत्यकाको अवस्थाबारे जानकारी दिनको लागि उनी विशेष विमान पठाउन तयार रहेको बताएका थिए । यसपछि राहुलले जवाफमा भनेका थिए कि विमानको जरूरत चाहिँदैन । मात्रै बिना शर्त त्यहाँ सबैसँग भेट्न पाइयोस् । 

राहुलले ट्वीटमा सत्यपाल मलिकलाई 'मालिक' भनेर सम्बोधन गरेका छन् । आफ्नो आधिकारिक ट्विटर हेण्डलबाट राहुल गान्धीले ट्वीट गरेका छन्। उनले भनेका छन् 'डियर मालिक जी, मैले तपाईंको ट्वीटमा हल्का प्रतिक्रिया देखेँ। म जम्मू-कश्मीर आउनको लागि तपाईंले गरेको निमन्त्रण स्वीकार गर्दछु। म बिना शर्त मानिसहरुसँग भेट्नको लागि तयार हुँ । तर म कहिले आउन सक्छु ?'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ