arrow

सेकेण्ड ह्याण्ड कार व्यापारमा धोनीको लगानी

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
dooni.jpg

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले सेकेण्ड ह्याण्ड कार व्यापार गर्ने कार्स२४ मा लगानी गरेका छन् । मंगलवार कम्पनीले उक्त लगानीको जानकारी दिएको हो ।

सम्झौता अनुसार धोनी कम्पनीसँग ब्राण्ड एम्बेसडरको रुपमा रहनेछन् र त्यसको बदलामा उनलाई कम्पनीको शेयरको रुपमा हिस्सेदारी दिइनेछ । अहिलेसम्म यसको सम्झौताको मूल्यको विषयमा भने कुनै खुलासा गरिएको छैन ।

धोनी अहिले कश्मीरमा छन् । उनी मानार्थ लेफ्टिनेन्ट कर्नल भएको नाताले भारतीय सेनासँग काम गरिरहेका छन् । उनी १५ अगष्टसम्म त्यहाँ बस्नेछन् ।

कार्स२४ का सहसंस्थापक र मुख्य कार्यकारी अधिकारी विक्रम चोपडाले धोनीको क्षमता लगातार बढिरहेको बताए । उनीमा नयाँ केही खोज्ने उत्साह पनि बढिरहेको भन्दै उनीसँगको सम्झौता महत्वपूर्ण हुने  चोपडाको भनाइ छ ।

कार्स२४ को स्थापना सन् २०१५ मा भएको थियो। त्यतिबेला देखि नै यो कार खरीद तथा बिक्रीको मामिलामा भारतको सबैभन्दा ठूलो अनलाइन प्लेटफर्म बन्न पुगेको छ।

आगामी केही महिनामा कम्पनीले थप केही सहरमा आफ्नो पहुँच विस्तारको योजना अघि सारेको छ । अहिले भारतको २ सय ३० सहरमा कम्पनीका १० हजारभन्दा बढी शाखा खुलेका छन् । कम्पनीमा यसअघि नै सेक्वोइया इन्डिया, एक्सोर सीड्स, डीएसटी ग्लोबलको पार्टनर, किंग्सवे क्यापिटल र केसीकेजस्ता कम्पनीले लगानी गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ