मोदीले स्वतन्त्रता दिवसमा भने –न समस्या पालिन्छ न टालिन्छ 

प्रकाशित मिति : २०७६ श्रावण ३० बिहिबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुले समस्या पनि नपालिने र नटालिने बताएका छन् । अनुच्छेद ३७० हटाएका सम्बन्धमा उनले भने – न समस्या पालिन्छ न टालिन्छ । 

बिहीबार बिहान ७३ औं स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा झण्डा फहराउँदै ९२ मिनेटसम्म सम्बोधन गर्दै उनले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिँदै अनुच्छेद ३७० तथा राज्यका मानिसलाई विशेष अधिकार दिँदै अनुच्छेद ३५–ए लाई हटाउनु प्रमुखता भएको उल्लेख गरे । 

Image

उनले फैसलाको विरोध गर्नेहरुलाई भने, ‘यदि अनुच्छेद यत्तिको महत्वपूर्ण थियो र भाग्य बदल्ने खालको भएको भए ७० सालमा विपक्षी दलको बहुमत भएर पनि किन अस्थायी राखियो ?’

उनले ७० वर्षमा नभएको काम आफूले ७० दिनभित्र गरेर देखाएको पनि बताए । 

संसदले जम्मू–कश्मीरको यो अनुच्छेद ३७० दुवै सदनबाट दुई तिहाई बहुमतले पारित भएको थियो । 

Image

मोदीले राजनीति नाफा नोक्सानबाट नहुने पनि बताएका छन् । भारतले ७३ औं स्वतन्त्रता दिवस धुमधामले मनाएको छ । 

पाकिस्तानले भने बुधबार स्वतन्त्रता दिवस मनाएको थियो । भारतले हरेक अगष्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउँछ । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ