arrow

भारतले रच्यो वेष्ट इन्डिजविरुद्ध रेकर्ड, कोहलीका कीर्तिमानै कीर्तिमान

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
india-cricket11.jpeg

काठमाडौं । वेष्ट इन्डिज विरुद्धको एक दिवसीय सिरिज भारतले जितेको छ । तेस्रो एवं अन्तिम खेलमा ६ विकेटको जितसंगै भारतले तीन खेलको सिरिज २–० ले जितेको हो । 

भारत ने तीन वनडे की सीरीज 2-0 से अपने नाम किया।

पहिलो खेल रद्द भएको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको हो । ट्रिनिडाडमा भएको तेस्रो खेलमा डकवर्थ लुईस नियम अनुसार भारत ६ विकेटले विजयी भएको हो । 

जितसंगै भारतले लगातार चौथो सिरिज जितेको छ वेष्ट इन्डिज विरुद्ध उसकै मैदानमा । भारत वेष्ट इन्डिजमा लगातार चार सिरिज जित्ने पाकिस्तानपछि दोस्रो देश हो । 

पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ३५ ओभरमा ७ विकेटको नोक्सानीमा २४० रन बनायो । 

क्रिस गेल के आउट होने के बाद भारतीय खिलाड़ियों ने उन्हें गले लगाया।

अन्तिम एक दिवसीय खेलेका क्रिस गेलले ४१ बलमा ७२ रन बनाए । 

क्रिस गेल ने 8 चौके और 5 छक्के लगाए।

वर्षाले अवरुद्ध खेलमा ३५ ओभरमा २५५ रनको लक्ष्य पाएको भारतले ३२.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । 

रोहित शर्मा को केमार रोच ने रनआउट किया।

कप्तान विराट कोहलीले ९९ बलमा नटआउट ११४ रन बनाए । 

कोहलीले ४३ औं एक दिवसीय सतक बनाए । उनी वेष्ट इन्डिजमा चार सतक बनाउने पहिलो विदेशी खेलाडी पनि बनेका छन् । 

उनी एक दशकमा २० हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले सन् २०१० को दशकमा २००१८ रन बनाइसकेका छन् । 

कोहलीले सन् २००० को दशकमा अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङले राखेको १८९२६ रनको रेकर्ड तोडेका हुन् । 

कप्तानका तर्फबाट सबैभन्दा बढी सतक बनाउने कोहली दोस्रो खेलाडी हुन् । उनले कप्तान भएर २१ सतक लगाएका छन् । सबैभन्दा बढी २२ सतक पोन्टिङको नाममा रहेको छ , 

पोन्टिङले २२० इनिङ खेलेका थिए भने कोहलीले मात्र ७६ इनिङमा २१ सतक बनाएका हुन् । 

एकै टिम विरुद्ध ९ सतक बनाउने कोहली दोस्रो खेलाडी हुन् । उनले वेष्ट इन्डिज विरुद्ध ९ सतक बनाएका छन् । उनले भारतीय पूर्व स्टार खेलाडी सचिन तेन्दुलकरको बराबरी गरेका छन् । 

कोहली ने नाबाद 114 रन की पारी खेली।

तेन्दुलकरले अष्ट्रेलिया विरुद्ध ७० इनिङमा ९ सतक बनाएका थिए । जबकि कोहलीले यो रेकर्ड ३५ इनिङमा बनाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ