arrow

मकैबारीमा आकस्मिक विमान अवतरण, सयभन्दा बढी यात्रु सकुशल (भिडियो)

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
masco1.jpg

मस्को । मस्कोको एक विमानस्थल नजिक बिहीबार एक विमानले मकैबारीमा आकस्मिक अवतरण गरेको छ । रूसी विमानको इन्जिनमा चरा ठोक्किपछि एयरलाइनले अवतरण गरेको मस्को टाइम्सले जनाएको छ । आकस्मिक अवतरणको क्रममा सयभन्दा बढी यात्रु सकुशल रहेका छन् । विमानमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको  स्थानीय सञ्चार माध्यमले जानकारी दिए ।

उराल एयरलाइन्सको बिमानमा दुईसय चौतीस यात्रु सवार थिए। विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ ।

एयरबस ३२१ मा २३४ यात्रु सवार थिए । विमानले  मास्कोको दक्षिण-पूर्वी झुकोभस्काइ अन्तर्राष्ट्रीय विमानस्थल नजिक आपातकालीन अवतरण गरेको हो । उराल एयरलाइन्सको बिमान मास्कोबाट क्रीमियाको सिम्फ़रोपोल जादै थियो । अवतरणका क्रममा २३ जना घाइते भएको जनाइएको छ ।

'२३ जना घाइते भएका छन् जसमा नौ जना बच्चा छन् । बच्चहरुको उमेर दुई देखि नौ बर्ष बिचको छ', आपतकालीन सेवामा खटिएका प्रहरीले भने ।' घाइतेहरुलाई अस्पताल लगिएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ