arrow

अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
gun.jpeg

सिजीझुङ ।चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ ।

अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ पनि गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

सिङताई नगरको सार्वजनिक सुरक्षा विभागले ४७ बन्दुक र ३० हजार थान गोली र ५० किलोग्रामभन्दा बढी बारुद पनि बरामद गरिएको जनाएको छ ।  

प्रहरीले यस बारेमा गत बर्ष सन् २०१८ को अन्त्यदेखि नै श्रीङ्खलाबद्ध रुपमा निगरानी गर्न थालेको जनाएको छ । लागु औषधसम्वन्धी घटनाहरुका बारेमा अनुसन्धान गर्दै जाँदा बन्दुक कारोबारका बारेमा थाहा हुन थालेको प्रहरीको भनाई छ ।

तीन महिनासम्मको अनुसन्धानपछि अनलानईनबाट देश विदेशमा बन्दुक किनबेच हुनेगरेको पत्ता लगाएको हो ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ