arrow

भारत-पाकबीच सीमामा गोली हानाहान, भारतका ५ र पाकिस्तानका ३ सैनिक मारिए

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
jammu_kasmir1.JPG

नयाँ दिल्ली । जम्मू-कश्मीरलाई विशेष प्रदेशको रुपमा दर्जा गराउने धारा ३७० हटाएपछि जारी तनावकाबीच भारत र पाकिस्तानी सीमा एलओसीमा दुईदेशबीच गोली हानाहान चलेको छ । भारतीय र पाकिस्तानी सेनाकाबीच चलेको दोहोरो भीडन्तमा भारतीय सेनाको तर्फबाट ५ सैनिक जवानको ज्यान गएको छ भने पाकिस्तानका ३ सैनिक जवानको ज्यान गएको छ । 

आक्रमणमा ३ भन्दा धेरै सैनिक मारिएको दाबी भारतीय मिडियाहरुले गरेका छन् भने पाकिस्तानी मिडियाहरुले आफ्नो ३ जना सैनिक मात्रै मारिएको दाबी गरेको छ । यद्यपि भारतले पनि आफ्ना ५ सैनिकको ज्यान गएको स्वीकारेको छ । 

भारतीय स्वतन्त्रता संग्रामको दिन नै यस्तो भीडन्त भएको हो । पकिस्तानको इन्टर-सर्विसेज पब्लिक रिलेशन्सले आफ्ना ३ सैनिकहरुको ज्यान गएको बताएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विहान ७ बजेदेखि एलओसीमा फायरिङ सुरु भएको थियो । साँझ ५ बजेसम्म दुबै पक्षका यी सेनाहरुको ज्यान गएको समाचार आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ