arrow

नेकपा प्रमुख सचेतकको घरमा तीन वटा पेट्रोल बम प्रहार 

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
bomb-bisfot.jpg

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा तीन वटा पेट्रोल बम प्रहार भएको हो ।

उनी सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । 

सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारतत छन् ।

बम कसले प्रहार गर्यो‍  भन्ने खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ