arrow

ब्रेण्डन म्याक्कुलम कोलकाता नाइट राईडर्सको मुख्य प्रशिक्षक

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
brendon-mc.jpeg

काठमाडौं । ब्रेण्डन म्याक्कुलम इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट टिम कोलकाता नाइट राईडर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

कोलकाताले बिहीबार न्युजिल्याण्डका पूर्व क्रिकेटर म्याक्कुलमलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो  । 

न्युजिल्याण्डका पूर्व कप्तान३७ वर्षे म्याक्कुलम कोलकाताका पूर्व खेलाडीसमेत हुन् । उनले सन् २००८ देखि १० सम्म तथा २०१३ र १३ को गरी पाँच सिजन कोलकाताबाट खेलेका थिए  ।    

मुख्य प्रशिक्षक नियुक्त भएपछि म्याक्कुलमले प्रशिक्षकको जिम्मेवारी पाउदा गौरव महसुस भएको बताए ।

उनलाई दक्षिण अफ्रिकाका प्रशिक्षक ज्याक कालिसको स्थानमा ल्याइएको हो । 

यस्तै कोलकाताले सिमोन कटीचलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ