arrow

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा बैठक

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
United-Nations-Security-Council11-pardaphash-96008.jpg.jpeg

काठमाडौं। भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवाद संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदसम्म पुगेको छ। सुरक्षा परिषदमा शुक्रबार यस विषयमा छलफल हुँदैछ। चीनको आग्रहमा उक्त मुद्दा संयुक्त राष्ट्रसंघमा पुगेको बताइएको छ। 

केही दिनअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चीनलाई यसमुद्दामा सघाउन आग्रहसमेत गरेका थिए । 

परिषदको बैठक अहिले अनौपचारिक रुपमा बस्दै गरेको बताइएको छ । यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । 

र यही बैठकबाटै औपचारिक बैठक बोलाउन जरुरी छ या छैन भन्ने कुराको निक्र्योल हुनेछ । 

अनौपचारिक बैठकको रेकर्ड समेत नबस्ने भएकाले यसलाई त्यतिधेरै प्राथमिकतामा नराखिने भए पनि यसले औपचारिक बैठकका लागि दवाव दिन सक्नेछ । 

संयुक्त राष्ट्र सुरक्षा परिषदमा ५ स्थायी सदस्यका साथै १० अस्थायी सदस्य हुन्छन् । सुरक्षा परिषदको वर्तमान अध्यक्षता पोल्याण्डले गरिरहेको छ । 
यसैबीच पाकिस्तानले बुधबार र भारतले बिहीबार स्वतन्त्रता दिवस मनाएका छन् । 

एलओसीमै आएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले युद्ध चाहेको भए पाकिस्तान तयार रहेको चेतावनी दिएका थिए । 

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने लालकिल्लामा भारतको झण्डा फहराउँदै आफूहरुले गल्ती पनि नगर्ने र गल्ती पनि नसहने अभिव्यक्ति दिएका थिए । 

यसरी दुई देशबीचको तनाव चलिरहँदा एलओसीमा बिहीबार गोलीबारी भएको छ। जसमा पाकिस्तानले सीमामा ५ भारतीय सैनिक मारेको दावी गरेको छ भने भारतले पाकिस्तानी ४ सैनिक मारेको ज्यान गएको बताएको छ। 

तनावलाई मध्यनजर गर्दै बस्न लागेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनौपचारिक बैठकले कतै औपचारिक बैठकको आब्हान गर्ने त हैन भन्ने अड्कल काट्न थालिएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ