arrow

नक्कली बैंक ग्यारेन्टीमा फसेका कर्णाली प्रदेशका भौतिकमन्त्री पदमुक्त

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
khadka-bahadur-khatri.jpeg

काठमाडौं । नक्कली बैंक ग्यारेन्टीमा फसेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् । निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए । 

उनलाई सोमबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । बैंकिङ कसुर जस्तो गम्भीर अभियोगमा मुछिएको र अदालतलाई सहज होस् भनेर मुख्यमन्त्रीले खत्रीलाई पदमुक्त गरेको बताइएको छ । 

यसअघि भने बिहीबारै समय सकिने समयसम्म पनि उनलाई मुक्त नगरिएपछि प्रदेश सरकारको आलोचना हुन थालेको थियो ।

प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयले पाटन उच्च अदालतको औपचरिक पत्र नआएको दावी गरिरहेको थियो । 

तर बेलुकी भने मन्त्री खत्रीलाई पदमुक्त गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ