arrow

शान्ति वार्ता प्रस्ताव लत्याउँदै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
kim8.jpg

काठमाडौं । दक्षिण कोरियासँगको शान्ति वार्ता प्रस्तावलाई लत्याउँदै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ । 

दक्षिण कोरियाले शान्ति वार्ता प्रस्ताव गरे पनि उसकै संदिग्घ गतिविधिका कारण अब वार्ता नगरिने उत्तर कोरियाले जनाएको छ । 

बीबीसीका अनुसार उत्तर कोरियाले दक्षिणसंगको वार्ताको सम्भावना सकिएको जनाएको हो । 

दक्षिण कोरियाले अमेरिकासंग मिलेर संयुक्त सैन्य अभ्यास गरिरहेपछि उत्तर कोरिया एकाएक रुष्ट बनेको हो । उत्तर कोरियाले निरन्तर मिसाइल परीक्षण गर्दै आइरहेको छ । 

दक्षिण कोरियालाई जवाफ दिन उत्तर कोरियाले शुक्रबार बिहान पनि दुईवटा मिसाइल प्रक्षेपण गरेको छ । 

उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । 

एक महिनाको अवधिमा उत्तर कोरियाले गरेको यो छैटौँ मिसाइल प्रक्षेपण हो ।

उत्तर कोरियाको यो कदमप्रति अमेरिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन । दक्षिण कोरियासंग वार्ता नहुने भएसंगै अमेरिकासंग पनि उत्तर कोरियाको थप वार्ता हुनेमा आशंका उब्जिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ