arrow

राजनाथको इमरानलाई चेतावनी : परमाणु हतियार सम्बन्धी नीति परिमार्जन हुनसक्छ

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
rajnath-singh.jpeg

काठमाडौं। भारतले पाकिस्तानलाई परमाणु हतियारमा संयमता नअपनाउने चेतावनी दिएको छ। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार सार्वजनिक कार्यक्रममा नै परमाणुमा संयमता नीति परिमार्जन हुनसक्ने चेतावनी दिएका हुन्। 

जम्मू-कश्मीरबाट आर्टिकल ३७० हटाएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले निरन्तर दिएको बयानको काउन्टरमा भारतीय रक्षामन्त्री सिंहले यस्तो चेतावनी दिएका हुन्। राजनाथले अहिले भारतले लिएको 'नो फर्स्ट यूज' भारतको परमाणु नीतिमा परिमार्जन हुन सक्ने संकेत गर्दै त्यो परिस्थितिले निर्धारण गर्ने चेतावनी दिएका हुन्। सो नीतिमा भारतले कुनैपनि अर्को देशले आफूमाथि परमाणु प्रहार नगरेसम्म आफू पनि परमाणु हतियारको प्रयोग नगर्ने उल्लेख छ।

शुक्रबार पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको प्रथम पुण्यतिथि हो। वाजपेयीलाई श्रद्धाञ्जलि दिनको लागि रक्षामन्त्री राजनाथ सिंह शुक्रवार पोखरण पुगेका थिए । यस क्रममा मन्त्रीले भने, 'भारत एक जिम्मेदार परमाणु राष्ट्रको रुपमा रहेको छ । हर नागरिकको लागि यो राष्ट्रिय गौरव हो। यो गौरव हामीअटलजीको कारणले मिलेको हो । त्यसैले देशवासी सदैव यसको लागि उनीसँग ऋणि छन्।'

यस क्रममा राजनाथ सिंहले भने, 'यो एक संयोग हो कि आज (शुक्रवार को) पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पहिलो पुण्यतिथि हो र म जेसलमेरमा छु । यस्तोमा मैले उहाँलाई पोखरणको धरतीबाट नै श्रद्धाञ्जलि दिनु पर्दछ ।'' उनले मीडियासँगको कुराकानीका क्रममा भारतको परमाणु नीतिबारे समेत स्पष्ट पारेका छन् । उनले भने ''अहिले, 'नो फर्स्ट यूज' हाम्रो न्यूक्लियर पोलिसी हो तर यो नीतिमा कस्तो बदलाव ल्याउने भन्ने कुरा परिस्थितिले निर्भर गर्नेछ ।''

#WATCH: Defence Minister Rajnath Singh says in Pokhran, "Till today, our nuclear policy is 'No First Use'. What happens in the future depends on the circumstances." pic.twitter.com/fXKsesHA6A

— ANI (@ANI) August 16, 2019

 

Pokhran is the area which witnessed Atal Ji’s firm resolve to make India a nuclear power and yet remain firmly committed to the doctrine of ‘No First Use’. India has strictly adhered to this doctrine. What happens in future depends on the circumstances.

— Rajnath Singh (@rajnathsingh) August 16, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ