arrow

तुल्सिलाल स्मृति क्लब च्याम्पियनसिल बुद्धिचालको फाइनलमा गजुरमुखी चेस क्लव र थापाथली भिड्ने

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
gajurmukhi.jpg

काठमाडौ । तुल्सिलाल अमात्य स्मृति पाँचौ राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनलमा गजुरमुखी चेस क्लब इलाम र थापाथली चेस पार्क, लतितपुर भिड्ने भएका छन् ।

आजको भएको सेमिफाइनमा गजुरमुखी चेस क्लबले गोल्डेनगेट कलेजलाई १.५ को बिरुद्ध २.५ अंक ल्याएर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । पहिलो बोर्डमा खेलेका गजुरमुखी चेस क्लबका खेलाडी कृष्ण थापा र गोल्डेन गेटका खेलाडी सुरबिर लामा बिचको खेल बराबरीमा रोकिए पछि आधा आधा अंक बाडेका छन् ।

त्यसैगरी दोस्रो बोर्डमा खेलेका गजुरमुखीका खेलाडी फिडे मास्टर मनिष हमालले गोल्डेन गेटका निरज निरौलालाई माथ दिए । त्यसैगरी तेस्रो बोर्डमा खेलेका गजुरमुखीका प्रकाश नेपालले गोल्डेन गेटका मदनकृष्ण कायस्थलाई पराजित गर्दै फाइनलमा टिमलाई पुर्याउन महत्वपूर्ण भूमिका खेले ।

चौथो बोर्डमा भने गजुरमुखीका रिजेन्द्र राजभण्डारीलाई गोल्डेनगेटका केशव श्रेष्ठले माथ दिए पनि फाइनलमा पुग्नबाट गजुरमुखीलाई रोक्न भने सकेनन् । गजुरमुखीका पाचौ नम्बरमा रहेका राजन सुवेदीले भने आज खेलमा बिश्राम लिएको गजुमुखीका क्याप्टेन बासुदेव गौतमले जानकारी दिए ।

त्यसैगरी अर्को सेमिफाइनलमा थापाथली चेस पार्कले लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई चार शुन्यले हराउदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । थापाथलीका खेलाडीहरु आशिष फूयाँल, रुपेश जशवाल, क्षितिज भण्डारी  र सुमित पन्तले रुकुमका क्रमश मिलन लामा, बिवेक श्रेष्ठ, सुशुत्र दाहाल र मिलन रोक्कालाई हराउदै फाइनलको यात्रा तय गरेका छ ।

यस प्रतियोगितालाई राष्ट्रिय टिम च्याम्पियन सिप मान्यता दिएको छ । यस प्रतियोगितामा प्रथम हुने क्लवले एसियन टिम च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फबाट भाग लिनेछ ।

यस प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ७५ हजार, दोस्रो हुने टिमले १ लाख तृतिय हुने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार पुरस्कार पाउने बताइएको छ । तुल्सिलाल स्मृति भवन ललितपुरमा जारी प्रतियोगितामा २१ वटा क्लवहरु सहभागि रहेका छन् । फाइलन खेल शनिवार बिहान हुनेछ । यस प्रतियोगिताको आयोजक नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्स क्लब रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ