arrow

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

logo
रासस,
प्रकाशित २०७६ साउन ३२ शनिबार
finance-minister-kavre.jpg

बनेपा। अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएकाछन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उनले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताए।

उनले भने, “अहिले सबैभन्दा बढी रु २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन।” संस्थागत आयकर र मुल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै उनले त्यसको अझैसम्म परिवर्तन नगरेको बताए।

करको दर नबढेको तर सङ्घीय संरचनामा जाँदा तीन वटा सरकारलाई एक्लो सरकार देख्ने र प्रदेश र स्थानीय तहमा उठाउनुपर्ने करलाई सङ्घको सरकारको करसँग जोडेर सरकारले बढी कर लगाएको रहेछ भनेर एक वर्षको बीचको अनुभवले देखाएको उनले बताए।

स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले ‘आम्दानी हुँदा तिर नहुँदा नतिर भन्ने उद्देश्यबाट’ व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको उनले बताए। मन्त्री खतिवडाले व्यवसायीलाई पनि स्वच्छ, पादर्शी र प्रतिस्पर्धी व्यवसाय गर्ने अवसर प्रदान गर्न सरकार तयार रहेको बताए।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याजुले करको सन्दर्भमा भ्रम र फरक ढङ्गले ब्याख्या गरेको पाइएको उल्लेख गर्दै संविधानले लेखेको भन्दा फरक ढङ्गले कहीँ पनि कर नलिएको बताए। 

राजश्व सचिव लालशङ्कर घिमिरेले जनतालाई राज्यको उपस्थिति नजिकको घरदैलोबाट नै दिनुपर्छ भन्ने उद्देश्यले धुलिखेलमा आन्तरिक राजश्व कार्यालयको स्थापना गरेको बताए।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश मानन्धरले पहिला बाहिर जिल्लामा गएर कर तिर्नुपर्नेमा अहिले आफ्नै जिल्लामा तिर्न पाउँदा खुशी लागेको बताए।

आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जनतालाई सहज ढङ्गले सेवा सुविधा प्रदान गर्नका लागि धुलिखेलमा आन्तरिक राजश्व कार्यालय स्थापना गरिएको बताए। 

कार्यालय अहिले स्तरोन्नति गरेर आन्तरिक राजश्व कार्यालयको रुपमा स्थापना भएको आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताए। 

उनले करदाताहरुमा शिक्षातर्फ १०४ वटा, स्वास्थ्यतर्फ ४८, अन्तशुल्कतर्फ एक हजार २८६, आयकरतर्फ ३४ हजार ४८, व्यक्तिगत प्यान लिनेको सङ्ख्या १२ हजार ८२७, भ्याटमा दर्ता पाँच हजार १६८ र अन्यमा एक वटा दर्ता भएको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ