arrow

मद्रास हाइकोर्टले भन्यो : ''क्रिश्चियन संस्थाबाट छात्राहरुको भविष्य एकदमै असुरक्षित''

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
madras-high-court.jpg

चेन्नई । मद्रास हाई कोर्टले अभिभावकहरुबीच क्रिश्चियन संस्थाबाट छात्राहरु एकदमै असुरक्षित रहेको आम अभिभावकहरुको धारणा रहेको निष्कर्ष निकालेको समाचार नवभारत टाइम्समा उल्लेख छ । राम्रो शिक्षा प्रदान गर्ने नाममा नैतिक शिक्षालाई ध्वस्त गराउने भएकोले ईसाई मिशनरीबाट छात्राहरु असुरक्षित रहेको निष्कर्ष निकालेको हो । उच्च अदालतले यौन उत्पीडनका आरोपी एक प्रफेसरको मुद्दामा सुनवाई गर्दै यस्तो निष्कर्ष निकालेको हो । मद्रास क्रिश्चियन कलेजका प्रोफेसर स्याम्युल टेनिसनमाथि ३४ छात्राहरुलाई यौन उत्पीडनको आरोप लागेको छ । 

न्यायाधीश वैद्यनाथले भने, ‘छात्राहरु र विशेषगरी उनीहरुका अभिभावकहरुमा यो धारणा रहेको छ कि ईसाई संस्थानमा सहशिक्षा उनीहरुको बच्चाको भविष्यको लागि अत्यधिक असुरक्षित छ । अहिलेको अवस्थामा उनीहरुमाथि अन्य धर्मका मानिसहरुलाई ईसाई धर्ममा प्रवेश गर्न अनिवार्य गरेको अनेक आरोपहरु लाग्ने गरेको छ ... यद्यपि उनीहरु राम्रो शिक्षा दिन्छन् । तर, हरेक मानिसमा नैतिकताको शिक्षा महत्वपूर्ण सवालको रुपमा आउने गर्दछ । जुन उनीहरुले दिने शिक्षा भित्र पर्दैन ।'' 

'ईसाई मिशनरी सधैं प्रश्नै प्रश्नको घेरामा पर्दछ' 
सेम्युल टेनिसनले उनी विरुद्ध यौन उत्पीडनको आरोप सम्बन्धी जाँच गर्ने जाँच समिति (आन्तरिक शिकायत समिति) को निष्कर्ष र उनी विरुद्ध २४ मे २०१९ मा जारी गरिएको दोस्रो कारण देखाउ आदेश समेत खारेज गर्न अनुरोध गरेका थिए । अदालतले समितिको निष्कर्ष र कारण देखाउ आदेशमा हस्तक्षेप गर्न इन्कार गरेको थियो । अदालतले ईसाई मिशनरी सधै‌ कुनै न कुनै सवालमा प्रश्नको घेरामा हुने गरेको भन्दै मुद्दा खारेज गरेको थियो । 

निर्दोष पुरुषको रक्षाको लागि कानून बदल्न जरूरी- हाई कोर्ट 
मद्रास क्रिश्चियन कलेज (एमसीसी)को जीव विज्ञान पाठ्यक्रमका कमसेकम ३४ छात्राहरुलाई कलेजका एक प्रोफेसरले यौन उत्पीडन गरेको आरोप लगाइएको छ । ती महिलाहरुको कल्याण र रक्षाका लागि बनाइएको दाईजो विरोधि कानूनसँगै अन्य कैयौं कानूनको दुरुपयोगको समेत ठहर गर्दै सरकारले यी कानूनहरुमा सुधार गर्दै निर्दोष पुरुषको समेत रक्षा गर्ने कानून बनाउन पनि आदेश दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ