arrow

युक्रेनको एक होटेलमा आगलागी, आठको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ साउन ३२ शनिबार
hotel-fire-ukraine.jpg

किभ। युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ। देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १:३५ मा सो आगलागी शुरु भएको थियो। 

आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका सरकारी अपतकालिन सेवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।आगलागीपछि सो इलाकाबाट १ सय ५० व्यक्तिलाई अन्यत्र सारिएको जनाइएको छ। करिब करिब ६५ जना अग्नि नियन्त्रक तथा १३ दमकलले निरन्तर तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ