arrow

प्रचण्डले भने, ‘यो संविधान सम्पूर्ण भन्ने अति दक्षिण र केही होइन भन्ने सङ्कीर्ण सोंच’

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
pdahal.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले जारी भएको संविधान पूर्ण हो र केही पनि होइन भन्ने दुवै धार गलत भएको बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको विशेष राष्ट्रिय भेलामा दाहालले भने, ‘यो संविधान सम्पूर्ण हो भन्ने अति दक्षिण र केही होइन भन्ने सङ्कीर्ण सोंच हुन् ।’ 
 
दाहालले प्राप्त उपलब्धिको रक्षा, प्रयोग र संस्थागत गर्दै बाँकी अधिकार सङ्घर्षबाटै प्राप्तिको दिशातर्फ लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले माओवादीले आदर्शको कुरा गर्दा नीति छोड्ने नीतिको कुरा गर्दा आदर्श छोड्ने कमजोरीबाट बच्न आवश्यक रहेको धारणा राखे । जातीय आन्दोलनलाई वर्गीय उत्पीडनबाट अलग गरेर हुने आन्दोलन साम्प्रदायिक दङ्गामा बदलिने टिप्पणी गरेका दाहालले वर्गीय लडाई अझै नसकिएको सुनाए । 



नयाँ