arrow

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, थुप्रै हताहत भएको आशंका 

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
bisfot-afghanistan.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा थुप्रै हताहत भएको आशंका गरिएको छ । 

विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । 

A woman cries outside a hospital after the blast

प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताए पनि यकिन विवरण आउन सकेको छैन । 

उक्त इलाका अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ । 

उक्त घटनाको जिम्मा कसैले लिएको छैन । 

काबुलमा भएको यो महिनाको दोस्रो घटना हो । अगष्ट ८ तारिखमा काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ