-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा रहेको एक सुकुम्बासी बस्तीमा भीषण आगलागी हुँदा १५ हजार घर जलेर खरानी भएको छ ।

चालान्तिका सुकुम्बासी बस्तीका ५ हजार घर नष्ट भएपछि ५० हजार मानिस घरबारविहीन भएका छन् ।
शुक्रबार अबेर राति भएको आगलागीमा धेरै घरमा प्लाष्टिकको छानो रहेकाले आगो धेरै फैलिएको थियो ।

यति ठूलो घटनामा कसैको ज्यान नगए पनि थुप्रै मानिस घाइते भएका छन् ।
गत फेब्रुअरीमा ढाकामै आगलागी हुँदा ८० जनाको ज्यान गएको थियो ।