arrow

पहिलो पटक सडन डेथमा निर्णय, अवसर सदुपयोग गर्न नसक्दा उपाधिबाट चुक्यो गजुरमुखी

थापाथलीले उचाल्यो क्लव टिम च्याम्पियनसिप चेसको उपाधि, जित्यो एक लाख ७५ हजार रुपैयाँ

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
champion_team_Thapathali_with_Trophy_and_guests.jpg

काठमाडौं । अत्यन्तै प्रतिष्प्रधात्मक खेलमा गजुरमुखी चेस क्लव ईलामलाई हराउँदै थापाथली चेस पार्कले तुल्सिलाल अमात्य स्मृति क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ ।

फाइनलको निर्धारित खेलमा २–२ अंक बाँडेसँगै खेल अझ रोमाञ्चक बन्यो । पहिलो बोर्डमा खेलेका गजुरमुखीका कृष्ण थापा र थापाथलीका आशिष फुयाँलबीचको खेलमा आशिषले बिजय मारे ।

त्यसैगरी गजुरमुखीका मनिष हमाल र प्रकाश नेपालले थापाथलीका रुपेश जशवाल र क्षितिज भण्डारीसँग बराबरी गरे । अन्तिम बोर्डको खेलमा गजुरमुखीका रिजन्द्रराज भण्डारी र थापाथलीका सुमित पन्तको खेल बराबरी सकिएको वा थापाथलीले जितेको खण्डमा फाइनल थापाथलीको पोल्टोमा जाने निश्चित थियो । 

जित्ने पोजिशन पनि सुमित पन्तको राम्रो रहेको थियो । तर खेलले नाटकीय अर्कै मोड लियो सो खेलमा गजुरमुखीका रिजेन्द्रले खेल जित्दै टिमलाई २–२ को बरावरीमा पुर्याए । 

निर्धारित खेलमा बरावरी भएपछि भएको ब्लिज गेम पनि दुबै टिमले  २–२ अंक ल्याएर खेललाई अझ रोमान्चक बनाए । त्यसपछि भएको सडनडेथमा गजुरमुखीका मनिष हमाल र थापाथलीका क्षितिज भण्डारीबीचको खेलमा क्षितिजले हराएसँगै थापाथलीले उपाधि चुम्यो । 

उपाधि जित्न पटक पटक आएको अवसरलाई गजुरमुखीले सदुपयोग गर्न सकेन र दोस्रोमा चित्त बुझायो । क्लव च्याम्पियनसिपको फाइलनमा पटक पटक बराबरी भएर सडनडेथसम्म पुगेको यो पहिलो पटक भएको नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष बिदुर गौतमले जानकारी दिए ।  

बिजेता भएसँगै थापाथलीले नगद १ लाख ७५ हजार प्राप्त गरेको छ । उसले एसियन टिम च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फबाट सहभागीता जनाउने अवसर समेत पाएको छ । 

यस प्रतियोगितालाई राष्ट्रिय टिम च्याम्पियनसिप मान्यता दिएको थियो । उपविजेता बनेको इलामले १ लाख रुपैयाँ प्राप्त गर्दा तेश्रो बनेको गोल्डेनगेट कलेजले ६० हजार र चौथो लुम्बिनी एभरेष्ट मेनेजमेन्ट रुकुमको टिमले ४० हजार पुरस्कार पाएको छ । 

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले प्रमाणपत्र तथा पुरस्कार बितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ