arrow

भारत क्रिकेटमा शास्त्रीः पुरानै अनुहार नयाँ लक्ष्य 

दुई वर्षमा थुप्रै युवा खेलाडीहरु राष्ट्रिय टिममा समेटिने

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
ravi-shastri.jpeg

काठमाडौं । भारतीय राष्ट्रिय टिमका मुख्य प्रशिक्षकमा पुनः रवि शास्त्री नै नियुक्त भएका छन् । सन् २०१७ देखि भारतीय टिम सम्हालेका ५७ वर्षीय शास्त्रीलाई निर्विकल्प प्रशिक्षकका रुपमा सन् २०२१ सम्मको जिम्मेवारी भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सुम्पेको हो । 

शास्त्रीको नेतृत्वमा भारतले जितमा उत्कृष्ट छलांग लगाए पनि विश्वकपमा भारत सेमिफाइनलबाटै बाहिरिनुको पीडा भने बढी नै छ । 

शास्त्रीले शनिबार मात्रै बीसीसीआई टीवीसंग भनेका छन् – मेरो प्राथमिकता टीममा आउने परिवर्तनलाई सहज बनाउनु रहने छ ।’

उनले यसो गर्दा टिम अगाडि बढ्न मद्धत पुग्ने दावी गरेका छन् । उनले टिममा नयाँ प्रयोग गर्ने संकेत समेत गरेका छन् । 

उनले टिमलाई एक शानदार स्थितिमा ल्याएर छाड्ने लक्ष्य लिएको समेत बताएका छन् । उनले टिमले आफ्नो स्थायी विरासतलाई कायम राख्न सक्ने बनाउने दावीसमेत गरेका छन् । 

उनले भारतीय क्रिकेट राम्रो ट्रयाकमा रहेको भन्दै  खेलुन्जेलमात्र नभइ खेल छाडेपछि पनि आउने पिंढीले ले त्यसलाई ग्रहण गर्न सक्ने आलको हुनुपर्नेमा जोड दिएका छन् । शास्त्रीले वर्तमान टिममा यो क्षमता भएको पनि दावी गरेका छन् । 

दुई वर्षमा थुप्रै युवा खेलाडीहरु राष्ट्रिय टिममा समेटिने भन्दै मुख्य प्रशिक्षक शास्त्रीले विशेष गरी एक दिवसीयमा यो सम्भव भएको बताए । 

उनले टेष्टमा पनि केही युवा समेटिने दावी गरे । उनले टिममा ३–४ जना बलरहरु चुन्न सकियो भने टिम मजबुद हुने दावी गरेका छन् । 

अबको २६ महिनाका लागि पुनः जोडिएका शास्त्रीले टिमलाई खुशीले भरिएको स्थितिमा पुर्याउने लक्ष्य लिएको समेत बताएका छन् । 

शास्त्रीको कार्यकालमा भारतले सन् २०२१ को टी–२० विश्वकप जित्न सक्नेछ । शास्त्रीले राम्रो प्रदर्शन गरे उनको पनि भविष्य उज्वल छ । 

तर बीसीसीआईको नियम अनुसार मुख्य प्रशिक्षकको उमेर ६० वर्षभन्दा कम हुनुपर्ने भएकाले शास्त्रीले जतिसुकै राम्रो गरे पनि सन् २०२३ को एक दिवसीय विश्वकपमा भने उनी नहुने पक्का छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ