arrow

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, कम्तीमा ६१ जनाको मृत्यु, १७१ घाइते 

अमेरिका र तालिबानबीच चलिरहेको वार्ताका बीच विष्फोट, सेप्टेम्बरमा चुनाव 

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
bisfot-afghanistan.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा कम्तीमा ६१ जनाको ज्यान गएको छ । 

विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा ६१ जनाको प्राण जाँदा १७१ जना घाइते भएका छन् । थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । 

मृतकको संख्या थप बढ्न सक्ने अस्पताल स्रोतले बताएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताएका थिए । 

उक्त इलाका अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ । 

उक्त घटनाको जिम्मा कसैले लिएको छैन । 

काबुलमा भएको यो महिनाको दोस्रो घटना हो । अगष्ट ८ तारिखमा काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो ।

अमेरिका र तालिबानबीच चलिरहेको वार्ताका बीच विष्फोट भएको हो । अमेरिकालाई दवाव दिन पनि विष्फोट गराइएको हुन सक्ने अनुमान गरिएको छ । 

अफगानिस्तानमा २८ सेप्टेम्बरमा चुनाव हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ