arrow

कांग्रेस सभापति देउवाले भने, ‘म सीमांकन मिलाउन वार्ता गर्न तयार छु’

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वार्ता र संवादबाटै समस्या समाधान नहुने भन्ने हुनै नसक्ने बताएका छन् । सभापति देउवाले समाजमा रहेका सबै समस्या वार्ताबाटै समाधान भएर जाने विश्वास गरे । 
 
रिपोर्टर्स क्लब नेपालको १८औं वार्षिक उत्सव, चौथौ महाधिवेशन एवं पुरस्कार वितरण समारोहमा देउवाले भने, ‘वार्ताकालागि असन्तुष्ट दलहर्रु एक ठाउँमा आउनै पर्दछ, सीमांकन मिलाउन वार्ता गर्न म तयार छु । अब झगडा गरेर मात्रै हुँदैन ।’
 
उनले रिपोर्टर्स क्लब नेपालले लोकतन्त्रकोलागि स्थापना कालदेखि नै काम गर्दै आएको भन्दै अझै पनि जनताको पक्षमा विचलित नभई काम गर्न सभापति देउवाले सुझाव दिए । प्रमुख विपक्षी दलको सभापति रहेका देउवाले सरकारबारे भने खासै चर्चा गरेनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ