arrow

मजदूर बोकेको भ्यान ट्रकसँग जुध्यो, ११ जनाको मृत्यु

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
thailend-dead.jpg

बैंकक । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् ।

भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए । उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए ।

प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ । राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो । उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ