arrow

सुरक्षा परिषदमा भारतको प्रभाव, काश्मिर समस्यामा कुरा अघि बढेन

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
UNSC.jpg

एजेन्सी। काश्मिर समस्याका बारेमा बसेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको बैठक बिना निश्कर्ष टुंगिएको छ। चीन र पाकिस्तान बाहेक अरु राष्ट्रहरुले छलफलमा उत्सुकता नदेखाए पछि बैठक बिना निश्कर्ष टुंगिएको हो।

पाकिस्तानले काश्मिर समस्यामा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको बैठक बस्ने भए पछि स्वागत गरेको थियो। भारतले भने काश्मिरसंग सम्बन्धित धारा ३७० आफ्नो आन्तरिक मामिला भएकोले कुनै छलफल गर्न नपर्ने जिकिर गर्दैआएको छ। 

चीनले पाकिस्तानको तर्फबाट प्रस्तावमा जोड दिए पनि अरु राष्ट्रहरुले भने खासै चासो देखाएनन्। भारतको कदमले दक्षिण एशियाको राजनीतिमा प्रभाव पर्ने र चीन, पाकिस्तान र भारतको सिमा विवाद उब्जिने जिकिरलाई भारतले ठाडै नकारेको छ। काश्मिर भारतको आन्तरिक मामिला हो र यसले क्षेत्रिय र सिमा विवाद नगराउने स्पष्ट पार्दै आएको छ। 

पाकिस्तानको तर्फबाट संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधी मलिहा लोधीले भिनिन् ‘काश्मिर मुद्दामा सुरक्षा परिषदको बैठक बस्नु नै अन्तराष्ट्रीय हो भन्ने जनाउँछ’। 

भारतका स्थायी प्रतिनिधी सैयद अकबरुददीनले भने 'संविधानको ३७० धारा र काश्मिर भारतको आन्तरिक मामिला हो।' 'भारतले आफ्नो पक्षबाट यो संविधान परिवर्तनको विषय आफ्नो आन्तरिक मामिला हो। पाकिस्तानले आतंकवादको अन्त्य गरेको खण्डमा मात्र वार्ता अघि बढाउन सकिने भारतको शर्त छ।' उनले भने।

पाकिस्तानको अनुरोधमा चीनले सुरक्षा परिषदको बैठकमा काश्मिर समस्याकाबारे छलफल गर्न बैठक आव्हान गरेको थियो। पाकिस्तानले भारतको उक्त कदमले विश्वमा अशान्ति हुन सक्ने बताएको छ। 

यससँगै भारतको काश्मिरमा गरिएको कडाइ खुकुलो गरिएको छ। भारतले कश्मीरको सबै प्रतिबन्ध हटाउन प्रतिबद्ध रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ