arrow

दुई वटा विवरण पेश गर्ने व्यवसायीलाई अंकुश, विवरण फरक परे ऋण नपाउने

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
ird-inland-tax-department.jpg

काठमाडौं । अहिले कर कार्यालय र बैंकहरुलाई भिन्न भिन्न विवरण बुझाउने व्यवसायीहरु माथि अंकुश लगाईने भएको छ । आन्तरिक राजश्व विभागले तयार पारेको नयाँ व्यवस्था अनुसार अहिलेसम्म फरक फरक आय व्यय विवरण पेश गरिरहेका व्यवसायीहरुलाई अब दुबै निकायमा एउटै विवरण पेश गर्नुपर्ने बाध्यता आएको हो । 

कर छलिको मुद्दा व्यापक रुपमा बढ्न थालेपछि सरकारले त्यसलाई न्यूनीकरण गर्नको लागि यस्तो व्यवस्था गरेको हो । जस अनुसार अब बैंकबाट ऋण लिनको लागि कर कार्यालयको सिफारिस पनि आवश्यक पर्दछ । राजश्व विभागका अनुसार दुई निकायबीच अन्तर्सम्बन्ध हुनेछ । जसका कारण कर कार्यालयमा बुझाएको विवरण र बैंकमा बुझाएको विवरण फरक परेको खण्डमा बैंकले ऋण दिन पाउने छैन । 

यो विषयमा राष्ट्र बैंकलाई विभागले पत्र पठाएर कायाएन्वयनको लागि आग्रह गर्न लागेको विभागका प्रवक्ता यज्ञराज ढुंगेलले जानकारी दिए । राष्ट्र बैंकले सबै बैंकहरुलाई समेत आवश्यक कारबाहीको लागि निर्देशन दिएपछि यो प्रणालीको सुरुवात हुनेछ ।

विभागका अनुसार अहिले सिस्टम तयार भईनसकेको भएपनि तत्कालको लागि कर कार्यालयमा बुझाएको आय व्यय विवरणको एक प्रति ऋण लिनेले नै बैंकमा समेत पेश गर्नुपर्नेछ । त्योसँग बैंकको विवरण मेल खाएको खण्डमा मात्रै बैंकले उनीहरुलाई ऋण दिनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ