arrow

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालको पहिलो भिडन्त कीर्गिस्तानसंग, यस्तो छ तालिका

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
volleyball-logo.JPG

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि नेपालमा सुरु हुँदैछ । नेपालले सोमबार पहिलो खेलमा कीर्गिस्तानसंग खेल्दैछ । 

कीर्गिस्तान बलियो टिम हो । तर नेपालले फाइनलमा पुग्ने लक्ष्य लिएकाले पनि कीर्गिस्तानसंग विजयी हुनका लागि खेल्नेछ । 

खेल ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

सोमबार पहिलो खेलमा तुर्किमिनिस्तान र अफगानिस्तान बिहान १० बजे भिड्दै छन् । 

सोमबार तीन खेल हुनेछन् । साँझ भने बंगलादेश र उज्वेकिस्तान खेल्नेछन् । 

एसियाली भलिबल महासंघको कार्यतालिका अनुसार प्रतियोगिता भइरहेको हो । 
तालिकासहित–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ