arrow

जम्मू–कश्मीरमा विद्यालय खुले, २–जी इन्टरनेट सेवा फेरि बन्द

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
jammu-kashmir.jpeg

काठमाडौं । भारतको केन्द्र सरकारले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएर आफैलै जम्मू–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश घोषित गर्ने क्रममा बन्द भएका विद्यालयहरु सोमबारबाट खुलेका छन् । 

सुरक्षाका कारण उक्त क्षेत्रमा बन्द रहेका १९० विद्यालय सोमबारदेखि खुलेका हुन् । त्यसैगरी जम्मूमा १२ दिनपछि खुलेको टुजी इन्टरनेट सेवा एक दिनपछि नै बन्द भएको छ । 

जम्मू संभागका पाँच जिल्ला जम्मू, साम्बा, कठुआ, उधमपुर र रियासीमा मोबाइट इन्टरनेट सेवा बन्द गरिएको हो । 

आइजी मुकेश सिंहले २ जी सेवा अस्थायी रुपले बन्द गरिएको बताए । उनले समस्या आएका कारण बन्द गरिएको पनि जनाइका छन् । 

शान्ति व्यवस्था सुधारिएसंगै २ जी सेवा खोलिएको थियो । प्रशासनले घाटीमा लगाइएको प्रतिबन्धलाई खुलुलो पारेको बताएको छ । 

हाल-ए-कश्मीर

तर २ जी फेरि बन्द भएपछि फेरि अफबाह फैलिन थालेको छ । जसका कारण पेट्रोलको लाइन बढेको छ । 

बजारमा खाद्य सामग्री किन्नका लागि चहलपहल बढी देखिएको छ । तर प्रशासनले सबै स्थिति ठीक रहेको भन्दै अफबाह फैलाउनेमाथि कडा कार्वाही गरिने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ