arrow

जब चिनियाँ सेनाले आफ्नै 'दश हजार जनता' को हत्या गरे 

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
hankang-news.jpg

काठमाडौं । हङकङमा अधिक स्वायत्तताको माग गर्दै सुरु भएको चीन विरोधी प्रदर्शन बढ्दै गएको छ । अर्को तर्फ चीनले समेत लाखौंको संख्यामा प्रदर्शनकारीहरुको विरुद्ध कडा कारवाहीको संकेत दिएको छ । कारवाहीको लागि चीनले पनि आफ्ना सैनिकलाई तयार रहनको लागि निर्देशन दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने चीन यदि हङकङमा तियानमेन स्क्वायरको रुपमा कारबाही गर्दछ भने यसले व्यापार वार्तामा समेत असर गर्न सक्छ । के थियो त यस्तो तियानमेन स्क्वायरमा सैनिक कारवाहीको मामला? यस कारवाहीमा हजारौं मानिसहरुको ज्यान गएको छ । 

१५ अप्रिल १९८९ लाई पूर्व कम्युनिस्ट पार्टी प्रमुख र सुधारवादी नेता हू याओबेङ्गको निधन भयो । शोक मनाउनको लागि मानिसहरु बेइजिङको तियानमेन स्क्वायरमा जुट्न लागेका छन् । साथमा चीनमा राजनीतिक सुधारको रफ्तार बढाउनको लागि अहिले भन्दा धेरै स्वतन्त्रताको माग गरिएको छ । केही दिनमा १० लाखभन्दा धेरै चिनियाँ छात्र र कामदारहरुले बेइजिङको तियानमेन स्क्वायरमा जम्मा भए । 

अहिलेको यो विरोध कम्युनिस्ट चीनको इतिहासको सबैभन्दा ठूलो राजनीतिक प्रदर्शन बन्न पुगेको छ । ६ हप्तासम्म चलेको प्रदर्शनपछि ३-४ जुन १९८९को रात १ बजे सैनिकको बेइजिङ केन्द्र स्थित तियानमेन स्क्वायरमा पुगेको थियो । सैनिकहरुले प्रदर्शनकारीहरुमाथि ट्यांकी तथा अन्य हथियारहरुको साथमा हमला गरेका छन् । अघिल्लो पुरै दिन मानिसहरुमाथि गोलाबारी भइ नै रह्यो । 

२०१७ मा एक सेक्रेट ब्रिटिश दस्तावेजबाट खुलासा भएको छ कि सो नरसंहारमा करिब १० हजार मानिसहरु मारिएका छन् । अन्य रिपोर्टमा मृतकहरुको अनुमानित संख्या ३ हजारसम्म रहेको थियो । घटनाको समयमा चीनमा ब्रिटिश एम्बेसडर रहेका सर एलन डोनाल्डले नरंसहारको २४ घण्टापछि रिपोर्ट तयार पारेका थिए । यसमा उनीहरुले सरकारी सूत्रको आधारमा आँकडा लेखेका थिए । 

त्यतिबेला चिनियाँ सेनाले कारबाही पहिले देशमा सबै अमेरिकी च्यानलहरुलाई प्रतिबन्ध लगाएको थियो । पत्रकारहरुलाई सैनिक कारवाही या प्रदर्शनको फोटो खिच्न समेत प्रतिबन्ध लगाइएको थियो। एजेन्सीको सहयोगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ