arrow

भारतीय क्रिकेट टोली सिध्याउने धम्की, खेलाडीलाई सचेत रहन बोर्डको निर्देशन

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
india-cricket4.jpg

काठमाडौं । वेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई सिध्याउने धम्कीको हल्ला फैलिएको छ । पाकिस्तानी समाचार च्यानल जियो टीभीले यसको जानकारी दिएको हो । पाकिस्तानी क्रिकेट बोर्डमा एक धम्कीपूर्ण इमेल आएको थियो ।

पीसीबीले यो जानकारी आईसीसीको माध्यमबाट बीसीसीआईलाई दिएको थियो । त्यसपछि भारतीय टोलीको सुरक्षा बढाइएको छ । बीसीसीआईले यो धम्कीलाई हल्लामात्र भएको बताएको छ । वेस्ट इन्डिजले पनि हरसम्भव सुरक्षा प्रदान गरिने बताएको छ । बीसीसीआईले आफ्ना खेलाडीको सुरक्षामा कुनै कमी आउन नदिने बताएको छ ।

भारतीय क्रिकेट टोलीका म्यानेजर सुनील सुब्रमण्यमले सबै खेलाडीलाई यसबारेमा जानकारी दिँदै सचेत रहन निर्देशन दिएका छन् । उनले कतै जानुपर्दा पनि सूचना दिएर मात्र हिँड्न आग्रह गरेका छन् ।

पछिल्लो  समय भारत–पाकिस्तानको बीचमा कश्मीर मुद्दामा देखिएको तनावको बीचमा यस किसिमको समाचार बाहिरिएको हो । भारतले संविधानको धारा ३७० खारेज गरेसँगै यी दुई मुलुकबीचको तनाव झनै बढेको छ । यस्तोमा भारतीय क्रिकेट टोलीलाई सिध्याउने धम्की आउनुलाई निकै गम्भीररुपमा लिइएको हो ।

यसअघि पनि क्रिकेट टोलीमाथि आक्रमणको विभिन्न धम्की आउने गरेका थिए । साथै, अन्तर्राष्ट्रिय खेलमा सुरक्षालाई विशेष चासोको रुपमा हेरिने गरेको छ । यसअघि सन् २००९ मा पाकिस्तानमा श्रीलंकाली खेलाडीमाथि भएको आक्रमणको कारण अझै पनि विदेशी टोलीले पाकिस्तानी भूमिमा गएर क्रिकेट खेल्दैनन् ।

 

भारतीय क्रिकेटमा गुटबन्दीको इतिहास

अहिले भारतीय क्रिकेट टोलीमा विराट कोहली र रोहित शर्माको बीचको विवादले चर्चा बटुलेको छ । स्पष्टरुपमा उनीहरुको बीचमा विवाद देखिँदै आएको छ । तर, भारतीय क्रिकेटमा विवादको घटना कुनै नौलो भने होइन । यसअघि पनि भारतीय टोलीमा विभिन्न समयमा विवाद आइरहने गरेको छ । यहाँ भारतीट टोलीका केही चर्चित विवादका घटना उल्लेख गरिएको छ–

१. लाला अमरनाथ र महाराजा अफ विजयनगरम (१९३६)
सन् १९३६ मा भारतीय क्रिकेट टोली इंगल्याण्ड भ्रमणमा गएको थियो । त्यतिबेला पहिलोपटक भारतीय टोलीमा दुई भागमा बाँडिएको समाचार आएको थियो । त्यतिबेला महाराजा अफ विजयनगरम भारतीय क्रिकेट टिमको दोस्रो टेस्ट कप्तान बनेका थिए । उनीसँग क्रिकेटको विषयमा धेरै जानकारी थिएन । तर पनि आफ्नो बलिङको कारण उनी कप्तान बनेका थिए । त्यतिबेला टोलीमा रहेका अमरनाथलाई हातमा लागेको चोटको बीचमा ब्याटिङका लागि पठाइएको थियो । मैदानमा उत्रिएका उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । त्यसपछि ड्रेसिङ रुममा आएर उनले मलाई थाहा छ के भइरहेको छ भन्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि उनलाई विजयनगरमले टेस्टभन्दा पहिला नै भारत पठाएका थिए ।

२. वीरेन्द्र सहवाग र महेन्द्रसिंह धोनी
धोनी र सहवागको बीचमा सन् २०१२ मा अष्ट्रेलिया भ्रमणमा ट्राई सिरिजको क्रममा खटपट भएको थियो । यो सिरिजका लागि धोनीले प्रमुख तीन ब्याट्सम्यान सहवाग, सचिन र गम्भीरलाई आराम दिइने बताएका थिए । उनलाई उनीहरु फिल्डङमा त्यति चुस्त छैनन् भन्ने उनको भनाइ थियो । यो सिरिजको एक खेलमा सहवागले निकै राम्रो क्याच समातेका थिए । साथै उनले इशारा गर्दै धोनीलाई मेरो क्याच देख्यौ ? भन्ने प्रतिक्रिया दिएका थिए । त्यतिबेला त धोनीले केही भनेनन् तर पछि उनलाई टोलीबाट बाहिर राखियो ।

३. राहुल द्रविड र सचिन तेन्दुलकर
सचिन तेन्दुलकरले राहुल द्रविडका साथमा भएको घटनाको आफ्नो आत्मकथामा पनि गरेका छन् । पाकिस्तान भ्रमणको क्रममा एक टेस्ट क्रिकेटमा सचिन १९४ रनमा खेलिरहेका थिए । त्यतिबेला सौरभ गांगुली चोटग्रस्त भएकाले द्रविड टोलीको कप्तान थिए । द्रविडले सचिनलाई दोहोरो शतक बनाउन नदिई त्यतिकैमा पाली समाप्तीको घोषणा गरे । राहुलले यो निर्णय टोलीको हितमा रहेको बताएका थिए । तर, सचिन भने यसमा सहमत थिएनन् ।

४. सुनील गावस्कर र कपिलदेव
सुनील गावस्कर भारतीय क्रिकेटका स्टार खेलाडी थिए । उनले क्रिकेटमा आफ्नो कदम सन् १९७१ मा राखेका थिए । यसको ठीक सात वर्षपछि कपिल देव क्रिकेटमा आएका थिए । सन् १९८३ को विश्वकपमा कपिलदेवलाई कप्तान छानिएपछि उनीहरुको बीचमा विवाद देखिएको थियो । त्यसका साथै भारतको चेन्नईमा भएको खेलमा सुनील गावस्कर २ सय ३६ रनमा खेलिरहेको अवस्थामा उनले पाली समाप्तिको घोषणा गरिदिए । त्यसपछि उनीहरुको सम्बन्ध झनै बिग्रियो । अन्ततः भारतीय क्रिकेट बोर्डले पनि उनीहरुको विवाद समाप्त गर्न बैठक बोलाउन प¥यो । तर, खासै केही नतिजा निस्किन सकेन ।

५. सचिन र अजहरुद्दीन
यी दुई खेलाडीको बीचमा सन् १९९६ को विश्वकपमा खराब प्रदर्शनपछि सचिनलाई कप्तानी दिइएसँगै विवाद शुरु भएको थियो । सन् १९९८ मा अजहर पुनः कप्तान बनेका थिए । सन् १९९९ विश्वकपमा भारत बाहिरिएसँगै फेरि सचिनलाई कप्तानी दिइएको थियो । त्यसपछि सचिनले अजहरलाई टोलीमा मौका दिएनन् । सन् २००० मा अजहर फेरि टोलीमा सामेल भए । त्यसपछि दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्ट खेलको सिरिजभन्दा पहिला सचिनले कप्तान पदबाट राजीनामा दिए र कप्तानको रुपमा यो अन्तिम सिरिज हुने घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ