arrow

ट्याङ्क र हतियारका साथ चिनियाँ सेना तयार, के तियानमेनमा जस्तै नरसंहार हुँदैछ हङकङमा ? 

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
hankang-nnews.jpg

काठमाडौं । हङकङमा पछिल्लो केही हप्तादेखि चीन विरोधी प्रदर्शन भइरहेको छ । प्रदर्शनको शुरुआत प्रत्यर्पण बिलको विरोधमा भएको थियो । तर, अहिले आन्दोलनकारी हङकङका प्रमुख (चीफ एक्ज्युकेटिभ) केरी ल्यामको राजीनामाको माग सहित सडकमा उत्रिएका छन् । लोकतान्त्रिक चुनावको माग गर्दै उनीहरु यतिबेला सडकमा छन् । यसैबीच हङकङका निकट शहर शेनझेनमा सैनिक गतिविधि तीब्र बनाइएको छ । मिडिया रिपोर्टका अनुसार चीनको इशारा यो छ कि उनीहरु प्रदर्शनकारीहरुमाथि बल प्रयोग समेत गर्ने तयारीमा छन् । 

शेनझेन वे स्पोर्ट्स सेन्टरमा ११ अगस्टदेखि नै ट्याङ्कक, ट्रक र अन्य गाडीहरुका साथ सैनिकहरु पुगिसकेका छन् । यहाँ सैयौंको संख्यामा रहेका चिनियाँ सेनाहरुले प्यारामिलिट्रीका जवानहरुको साथमा दैनिक तयारी गरिरहेका छन् । न्यूयोर्क टाइम्सका अनुसार एक जानकारले भने 'चिनियाँ सरकारलाई कुनैपनि सन्देह छैन । यदि जरुरत पर्यो भने हामी कारबाहीको लागि तयार छ ।' 

उता अमेरिकी राष्ट्रपति ट्रम्पले चीन यदि हङकङमा तियानमेन स्क्वायरको जसरी कारबाही गर्दछ भने यसले व्यापार वार्तामा मुश्किल आउन सक्ने चेतावनी दिएका छन् । कम्युनिस्ट चीनको इतिहासमा सबैभन्दा ठूलो राजनीतिक प्रदर्शनलाई रोक्नको लागि सन् १९८९मा बेइजिङका तियानमेन स्क्वायरमाथि सैन्य कारवाही गरिएको थियो । सेनाले ट्यांक र अन्य हतियारको साथमा हमला गरेको थियो । जसमा १० हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । 

बेइजिङमा हङकङ पोलिसीको मामलामा रिसर्च इ्स्टिट्यूटका निर्देशक तिआन फिलोन्गका अनुसार बेइजिङका अधिकारीहरुले प्रदर्शनकारीहरुको व्यवहारलाई आतंकित बनाउनको लागि सक्दो प्रयास गरेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ