arrow

साउदी राजकुमारबाट नौ करोड डलर लिएको बसीरद्वारा स्वीकार

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
sudan-basir.jpg

खार्तुम । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार  अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले सोमबार बसिरले लिएको उक्त रकमबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

प्रहरी ब्रिगेडियर समेत रहेका अहमद अलीले भने, “पूर्व राष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएका स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।”

पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो ।  एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ