arrow

श्रीलङ्कामा नयाँ सेनापति नियुक्त  

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
srilanka.png

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् । वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका हुन् ।      
     
सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उनी श्रीलङ्काको २३औं सेनाप्रमुख भएका हुन् । 
     
सिल्भा भन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति थिए । सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गरेका थिए ।     
     
प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि वहन गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ