arrow

बंगलादेशबाट तीन हजार ५०० रोहिङ्ग्या म्यानमार फर्काउने तयारी

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
rohingya-7592.jpg

बंगलादेश । बंगलादेशमा शरणार्थीका रूपमा रहेका झण्डै तीन हजार ५०० रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी भएको छ ।     
     
सरकारी उच्च अधिकारीले सोमबार दिएको जानकारी अनुसार उनीहरुलाई घर फर्काउने प्रक्रिया यसै हप्ता सुरु हुनेछ ।     
     
सैनिकको ज्यादतीबाट आजित भएर झण्डै दुई बर्ष अगाडि उनीहरू भागेर बङ्लादेश आएका थिए ।     
     
सन् २०१७ को अगस्टतिर झण्डै सात लाख ४० हजार रोहिङ्ग्या शरणार्थीहरू विस्थापित भएर बङ्लादेश आएका थिए ।     
     
उनीहरुलाई स्वदेश फर्काउनका लागि फिर्ती सम्झौतामा हस्ताक्षर गराउने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।     
     
बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले आउँदो बिहीबार थप शरणार्थीहरुलाई म्यानमार फर्काउने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गरे ।     
     
यसअघि सन् २०१८ को नोभेम्बरमा २२ सय ६० शरणार्थीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेकोमा सुरक्षाको सुनिश्चितता नभएकाले फर्किन नसकिने भन्दै शरणार्थीहरुले घर फर्किन अस्वीकार गरेका थिए ।     
     
“अन्य सवै कुरा तयारी अवस्थामा छन्, गन्तव्यस्थान मात्रै निश्चित गर्न बाँकी छ,” म्यानमारका अधिकारीहरुसँगको बैठकपछि कलामले पत्रकारहरुसँग भने ।     
     
उनले कसैलाई पनि जबरजस्ती फर्किनका लागि दवाव नदिएको पनि स्पष्ट पारे । 
     
दुवै देशका अधिकारीहरुले स्वदेश फर्काउन तयार पारिएका तीन हजार ५०० शरणार्थीमध्ये हरेक दिन तीन सय जनाका दरले रोहिङ्ग्या शरणार्थीहरुलाई म्यानमार फर्काउने योजना बनाएका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ