arrow

हङकङमा चिनियाँहरुका फेसबुक र ट्वीटर एकाउन्ट बन्द 

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
facebook-twitter.jpg

काठमाडौं । हङकङमा ११ हप्तादेखि जारी सरकार विरोधी आन्दोलनले नयाँ मोड लिएको छ । आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले चिनियाँहरुका सयौं अकाउण्ट बन्द गरिदिएको छ ।

आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निकटका व्यक्तिहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएको बीबीसीले लेखेको छ ।

ट्वीटरले ९ सय ३६ वटा अकाउण्ट बन्द गरिदिएको जनाएको छ । चीनबाट सञ्चालित ती एकाउन्टमा हङकङ आन्दोलनबारे गलत सूचना प्रवाह गरेको प्रमाण भेटिएपछि ट्वीटरले यो कदम चालेको हो । 

ट्वीटरले दुई लाख एकाउन्टमाथि छानबिन भइरहेको जनाएको छ । 

ट्वीटरको यो कदमपछि फेसबुकले पनि त्यसबारे छानबिन गरेको जनाएको छ ।

फेसबुकले सात वटा पेज, तीन वटा फेसबुक च्याट समूह र पाँच वटा अकाउण्ट बन्द गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ