arrow

हिमाल जस्तै अटल दृढ निश्चय लिएर दौडदै हिमाल

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ भदौ ३ मंगलबार
himal.jpg

पुनर्वास । हिमाल मल्ल ( ४०) कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वासमा जन्मिएर पनि फुटबल क्षेत्रमा राष्ट्रका आश लाग्दा खेलाडी संगै प्रशिक्षक पनि हुन ।  १६ वर्षे किशोर अवस्था देखि फुटबल मैदानमा जमेका युवा हिमाल २४ वर्ष देखि निरन्तर फुटबल खेल खेल्दै अहिले नयाँ पुस्तालाई फुटबल सिकाउदै आएका छन् ।

फिफाका  फुटबल प्रशिक्षक समेत रहेका हिमाल अहिले स्तरीय र दक्ष फुटबल खेलाडी उत्पादन गर्ने  मिसन बोकेर गएको चैत देखि पुनर्वास फर्केका छन् ।
२०५० देखि २०६० सम्म राष्ट्रिय फुटबल टिममा सहभागी हिमालले २०५७ सालमा बंगलादेश संग खेलिएको फुटबल खेलमा नेपाली टोलीमा सम्मीलित भइ सकेका छन् । फुटबल खेल प्रति उनको लगाव र रुचिका कारण हिमाल सुदुर पश्चिमका सर्वोत्कृष्ट खेलाडीका रुपमा मानिन्छन् ।

स्थापना देखिनै पुनर्वासमा फस्टाएको फुटबल खेलमा यहाँ दर्जनौं उत्कृष्ट खेलाडी जन्मिए पनि हिमाल अन्य भन्दा फरक देखिएका छन् । खेल र खेलाडीको संरक्षणमा राष्ट्र र सरोकारवालाहरुले यथेष्ट लगानी नगरे पनि निरन्तर फुटबल खेलको साधनामै लागि रहेका हिमाल पुनर्वासका एक्ला साधक पनि हुन । छ महिना अघि पुनर्वास फर्केका हिमालले स्थानीय ३०० जना किशोरहरुलाई फुटबल खेलको प्रशिक्षण दिई रहेका छन् ।  उनले पुनर्वासका ७ वटा वडाका किशोरहरुलाई दक्ष खेलाडी उत्पादन गरि फुटबल बिकासमा राष्ट्रलाई सक्षम खेलाडी तयार पार्न अविचलित मनोबलका साथ लागि रहेका छन् ।

मुलुक केन्द्रीकृत शासन ब्यबस्था बाट संघिय संरचनामा पुगे पनि अन्तरास्ट्रिय जगतमा राष्ट्रलाई चिनाउन सक्ने खेल क्षेत्रको सम्बर्द्धनमा यथेष्ट पहल हुन नसकेको उनको अनुभव रहेको बताउछन् । हिमालले पुनर्वासमा सुरु गरेको फुटबल प्रशिक्षण कार्यक्रममा फिफाले आबश्यक खेल समाग्री सघाएको छ ।राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उनको अभिभारा नितान्त नीजी बन्न नहुने भए पनि न त स्थानीय निकायले महत्वका साथ हेरेको छ न राज्यका अन्य सरोकारवालाले नै हेरेका छन् ।

र पनि दौडेकै छन् हिमाल झै अटल निश्चयका साथ हिमाल ! जवानीका २४ वर्ष बल संगै गुडाएका हिमालको मुटु समेत हिमाल झै अटल देखिएको छ । खेलकुद बिकासमा संघ , प्रदेश र स्थानीय निकायको करोडौं लगानी हुँदै आए पनि पुनर्वासमा कसैको साहायता बिनै लक्ष्यमा बलझै गुडिरहेका छन् उनी ! एकल प्रयासमा सुदुरको सीमान्त बस्तीमा नव खेलाडी उत्पादनमा अबिचलित अविछिन्न लागि रहन देखिएको उनको अभिलाषा सलाम लायक छ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ