arrow

३०५ करोड घुस खाएको आरोप भारतका पूर्व अर्थमन्त्री पी चिदम्वरम पक्राउ पर्दै

सीबीआई पुग्यो चिदम्वरम निवास

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
chidambaram_ians.jpg

काठमाडौं। भारतका पूर्व अर्थमन्त्री पी चिदम्वरमलाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्यूरो सीबीआई उनको निवास पुगेको छ। 

आइएनएक्स मिडियामा विदेशी लगानी सम्वन्धी मुद्धामा मुख्य आरोपी रहेका चिदम्वरमलाई पक्राउ गर्न सीबीआई उनको नयाँदिल्लीस्थित निवासमा पुगेको थियो। 

चिदम्वरमले उच्च अदालतमा दायर गरेको अग्रीम जमानतको निवेदन खारेज भएपछि सीबीआई उनलाई नियन्त्रणमा लिन उनको निवास पुगेको हो। चिदम्वरमले ३ दिनको समय मागे पनि अदालतले दिन इन्कार गर्‍यो। 

चिदम्वरम घरमा नभेटेपछि सीबीआईले टोली फर्केको थियो। यद्यपी उनी कुनै पनि बेला नियन्त्रणमा आउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। 

कतिपय मिडियाले भ्रष्टाचारमाथि मोदी सरकारको कडा कदमको रुपमा चिदम्वरम प्रकरणलाई व्याख्या गरेका छन्।

आइएनएक्स मिडियामा विदेशी लगानी सम्वन्धी मुद्धामा चिदम्वरमले कुनै पनि सहयोग नगरेपछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्नुपर्ने सीबीआईले गरेको जिकिरलाई उच्च अदालतले मानेको थियो। 

आइएनएक्स मिडियामा विदेशी लगानीको स्विकृती दिन चिदम्वरमले ३०५ करोड घुस लिएको आरोप सीबीआईको छ। सन् २००७मा उनी अर्थमन्त्री रहँदा घुस लिएर विदेशी लगानी भित्र्याउन भुमिका खेलेको आरोप उनीमाथि छ। यहि मुद्धामा उनका छोरा कार्ती पनि यसअघी पक्राउ परेका थिए। हाल उनी जमानतमा छुटेका छन्। पहिले आरोपित तथा पछि सरकारी साक्षी बनेकी इन्द्राणी मुखर्जीले पनि चिदम्वरमलाई आरोप लगाएपछि उनी घेरावन्दीमा परेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ