arrow

पाकिस्तानद्धारा एलओसीमा फेरि गोलीबारी, घरहरुसमेत ध्वस्त पारिए, सेना र नागरिक मारिए 

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
golibari.JPG

काठमाडौं । पाकिस्तानले एलओसीमा फेरि गोलीबारी गरेको छ । मंगलबार मेंढरको मनकोट, कृष्णा घाटी तथा किरनी क्षेत्रमा पाकिस्तानी सेनाले चौकीहरुलाई निशाना बनाएर गोलीबारी गरेको हो । 

उक्त घटनामा एक भारतीय सुरक्षाकर्मी मारिएका छन् । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् । 

एक नागरिकको समेत मृत्यु भएको छ । मंगलबार बेलुकीसम्म रोकीरोकी आक्रमण भएको बताइएको छ । 

दबराज गाउँमा थुप्रै घरहरुमा समेत नोक्सानी पुगेको बताइएको छ । किरनीमा दुई सरकारी स्कुलमा क्षति पुगेको छ । 

भारतीय सेनाले यसको जवाफ दिएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । सैन्य प्रवक्ताका अनुसार जवाफी कार्वाहीमा पाकिस्तानी सैनिकतर्फ तथा पोष्टहरुमा ठूलै क्षति भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ