arrow

यौन दुराचारी वरिष्ठ पादरी जेलमा 

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
george-pell.jpg

काठमाडौं । एक वरिष्ठ पादरी यौन दुराचारको आरोपमा दोषी ठहरिएका छन् । अष्ट्रेलियाको अदालतले क्याथोलिक चर्चका वरिष्ठ पादरी कार्डिनल जर्ज पेललाई दोषी ठहर गरेको हो ।

उनलाई गएको मार्चमा अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको थियो । त्यस विरुद्ध दिएको अपिलमा पनि अदालतले पेलको विपक्षमा निर्णय गरेपछि उनी अब जेलमै रहने भएका हुन् । 

पेलले सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्नमा रहेको मुख्य गिर्जाघरमा दुई बालकमाथि यौन दुब्र्यबहार गरेकोमा अदालतले दोषी ठहर गरेको थियो ।

गएको वर्षको डिसेम्बरमा जुरीले १३ वर्षका बालकलाई सेन्ट प्याट्रिक गिर्जाघरमा यौन दुव्र्यवहार गरेको तथा अर्को पटक अर्का एक बालकलाई त्यस्तै व्यवहार गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो ।

पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । ७८ वर्षीय भ्याटिकनका  पूर्व कोषाध्यक्ष पेल सन् २०२२ सम्म जेलमा बस्नुपर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ