- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय कलाकार ऋषि कपूर पछिल्लो १० महीनादेखि न्युयोर्कमा छन् । उनी क्यान्सरको उपचारका लागि अमेरिका पुगेका हुन् । हालै उनी आफ्नो कपाल कटाउन न्युयोर्कमा रहेको एक सैलुनमा पुगेका थिए ।
उनी सैलुनमा पुग्नेबित्तिकै एक रुसी नागरिकले उनलाई चिने र उनको फिल्मको गीत मे शायरा तो नहीं...... बजाएका थिए । यो घटनालाई उनले आफ्नो क्यामेरामा कैद गरेका थिए । साथै उनले यसलाई सामाजिक सञ्जाल ट्वीटरमा शेयर पनि गरेका थिए । उनले न्युयोर्कको सैलुनमा आफ्नो गीत बजेको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।
उनले शेयर गरेको भिडियोमा कुर्सीमा बसेका छन् । सैलुनमा उनको गीत बजिरहेको छ । यो भिडियोलाई मानिसहरुले धेरै रुचाएका छन् । ऋषि अहिले क्यान्सर मुक्त भएका छन् । उनी पछिल्लो १० महीनादेखि न्युयोर्कमा क्यान्सरको उपचार गराउँदै आएका छन् ।
यो भिडियो हेरेर महेश भट्टले पनि आफूलाई पुरानो कहानी याद आएको बताएका छन् । उनले आफू रुसको मस्को जाँदा पनि रुसी ड्राइभरले हिन्दी गीत गाइरहेको बताएका छन ।
हलै सुनील शेट्टी र माना शेट्टीले ऋषि र नीतू कपूरसँग भेट गरेका थिए । यो भेटको फोटो ऋषिले ट्वीटर ह्याण्डलमा शेयर गरेका छन् । ऋषिले न्युयोर्कमा भारतको स्वतन्त्रता दिवस मनाइएको केही तस्वीर पनि सार्वजनिक गरेका छन् ।
My anthem played in a salon whilst getting a hair cut. Russian recognized me and played it from his note book. Thank you Sergie. pic.twitter.com/nnHJVo3OyS
— Rishi Kapoor (@chintskap) August 16, 2019