arrow

भारतमा पूर्व अर्थमन्त्री पी चिदम्वरम पक्राउ, ३०५ करोड घुस लिएको आरोप

पक्राउ गर्न पुगेका सीबीआईका अधिकारीहरुलाई गरे कांग्रेस आइका कार्यकर्ताहरुले गरे हातपात

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
chidambaram_ians.jpg

काठमाडौं। भारतका पूर्व अर्थमन्त्री पी चिदम्वरमलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। चिदम्वरमलाई उनकै निवासबाट बुधवार राती १० वजे पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्न उनको निवास पुगेका अधिकारीहरुलाई ढोका नखोलिएपछि उनीहरुले पर्खाल नाघेर घर भित्र पुगेका थिए। 

चिदम्वरमलाई पक्राउ गर्न पुगेका सीबीआईका अधिकारीहरुलाई कांग्रेस आईका कार्यकर्ताहरुले हातपात समेत गरेका थिए। उनीहरुले मिडियाका प्रतिनिधीहरुलाई पनि हातपात गरेका थिए। उनीहरुले सरकार र दिल्ली प्रहरीको विरुद्ध नारावी समेत गरेका थिए। स्थिति तनावपूर्ण भएपछि सीबीआईले दिल्ली प्रहरीलाई सहयोगका लागि गुहारेको थियो। 

आफू निर्दोष रहेपनि सरकारले फसाउने षडयन्त्र गरेको भन्दै कांग्रेस आइको कार्यालयमा केन्द्रीय नेताहरु सहित पत्रकार सम्मेलन गर्न नपाउँदै उनलाई केन्द्रीय अनुसन्धान व्यूरो सीबीआईनको टोली नियन्त्रणका लागि पुगेको थियो। यद्यपी उनी पत्रकार सम्मेलन सकेर आफ्नो घर गएका थिए। 

मंगलवार उच्च अदालतबाट चिदम्वरको अग्रीम जमानतको निवेदन खारेज भएपछि सीबीआईको टोली पक्राउ गर्न नयाँ दिल्लीस्थित उनको निवास पुगेको थियो।  

आइएनएक्स मिडियामा विदेशी लगानी सम्वन्धी मुद्धामा मुख्य आरोपी रहेका चिदम्वरमलाई पक्राउ गर्न सीबीआई तथा इडीको टोली मंगलवारदेखि नै लागिपरेको थियो। 

चिदम्वरमले उच्च अदालतमा दायर गरेको अग्रीम जमानतको निवेदन खारेज भएपछि सीबीआई उनलाई नियन्त्रणमा लिन उनको निवास पुगेको थियो। बुधवार अग्रिम जमानतका लागि सर्वोच्च अदालतमा दिइएको निवेदनमा पनि सुनुवाइ नभएपछि उनलाई पक्राउ गर्न सीबीआईले लुकआउट नोटीस जारी गरेको थियो।  

चिदम्वरमलाई घरमा नभेटेपछि मंगलवार सीबीआई टोली फर्केको थियो। यद्यपी २७ घण्टा लुकामारी पछि चिदम्वरम नियन्त्रणमा आएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। 

कतिपय मिडियाले भ्रष्टाचारमाथि मोदी सरकारको कडा कदमको रुपमा चिदम्वरम प्रकरणलाई व्याख्या गरेका छन् भन विपक्षी कांग्रेसले भने लोकतन्त्र र संविधानमाथि नै खतराको अवस्था सिर्जना भएको जनाएको छ। 

आइएनएक्स मिडियामा विदेशी लगानी सम्वन्धी मुद्धामा चिद्मवरमलेकुनै पनि सहयोग नगरेपछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्नुपर्ने सीबीआईले गरेको जिकिरलाई उच्च अदालतले मानेको थियो। 

आइएनएक्स मिडियामा विदेशी लगानी सम्वन्धी मुद्धामा चिदम्वरमले कुनै पनि सहयोग नगरेपछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्नुपर्ने सीबीआईले गरेको जिकिरलाई उच्च अदालतले मानेको थियो। 

आइएनएक्स मिडियामा विदेशी लगानीको स्विकृती दिन चिदम्वरमले ३०५ करोड घुस लिएको आरोप सीबीआईको छ। सन् २००७मा उनी अर्थमन्त्री रहँदा घुस लिएर विदेशी लगानी भित्र्याउन भुमिका खेलेको आरोप उनीमाथि छ। यहि मुद्धामा उनका छोरा कार्ती पनि यसअघी पक्राउ परेका थिए। हाल उनी जमानतमा छुटेका छन्। पहिले आरोपित तथा पछि सरकारी साक्षी बनेकी इन्द्राणी मुखर्जीले पनि चिदम्वरमलाई आरोप लगाएपछि उनी घेरावन्दीमा परेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ