arrow

'अपराधी' बनेर रातकाट्ने भवन आफैंले उद्घाटन गराएका थिए चिदम्बरमले

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
chidambaram_ians.jpg

काठमाडौं । भारतका पूर्व अर्थमन्त्री पी चिदम्वरम भ्रष्टाचारकोे मुद्दामा पक्राउ परेका छन् । बुधबार राती सिआईबीका अधिकारीहरुले नाटकीय पाराले उनलाई निवासबाट नै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नको लागि राती १० बजे उनको निवास पुगेको प्रहरीको टोलीलाई ढोका नखोलेर घर भित्र छिर्न नदिएपछि उनीहरु पर्खाल नाघेर भित्र छिरेका थिए ।

रोचक कुरा त के छ भने उनी यूपीए सरकारको गृहमन्त्री बनेको बेलामा जुन भवनको उद्घाटन गरेका थिए । सोही भवनमा उनले अपराधीको आरोपीको रुपमा एक दिन विताए । चिदम्बरम यूपीए सरकारको दोस्रो कार्यकाल २००८ देखि ३१ जुलाई २०१२ सम्म गृहमन्त्री बनेका थिए । सोही समयमा उनले सीबीआईको नयाँ दफ्तरको उद्घाटन  गरेको समाचार भारतको आजतकले लेखेको छ । सोही भवनमा नै सिआईबीले उनलाई बुधबार रातभरी अपराधीको आरोपमा सोधपुछ गरेको थियो ।  

बुधवार मध्य रातमा सीबीआईबाट पक्राउ पर्नु अघि उनले कांग्रेस मुख्यालयमा पत्रकार सम्मेलन गर्दै यसबारेमा सफाई दिएका थिए । उनले यसबारे पनि स्पष्ट बताए कि पछिल्लो २७ घण्टादेखि उनी कहाँ थिए भन्ने बारेमा समेत उनले स्पष्ट पारेका थिए । उनलाई बिहीबार अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

चिदम्वरमलाई पक्राउ गर्न पुगेका सीबीआईका अधिकारीहरुलाई कांग्रेस आईका कार्यकर्ताहरुले हातपात समेत गरेको सिआईबीले आरोप लगाएको छ । उनीहरुले मिडियाका प्रतिनिधिहरुलाई पनि हातपात गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले सरकार र दिल्ली प्रहरीको विरुद्ध नाराबाजी समेत गरेका थिए। स्थिति तनावपूर्ण भएपछि सीबीआईले दिल्ली प्रहरीलाई सहयोगका लागि गुहारेको थियो।

आफू निर्दोष रहेपनि सरकारले फसाउने षडयन्त्र गरेको भन्दै कांग्रेस आइको कार्यालयमा केन्द्रीय नेताहरु सहित पत्रकार सम्मेलन गर्न नपाउँदै उनलाई केन्द्रीय अनुसन्धान व्यूरो सीबीआईको टोली नियन्त्रणका लागि पुगेको थियो। यद्यपी उनी पत्रकार सम्मेलन सकेर आफ्नो घर गएका थिए। मंगलवार उच्च अदालतबाट चिदम्वरको अग्रीम जमानतको निवेदन खारेज भएपछि सीबीआईको टोली पक्राउ गर्न नयाँ दिल्लीस्थित उनको निवास पुगेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ