arrow

मन कुमारीको घरमा ४ दशकपछि बल्यो वत्ति

logo
कौरव खत्री,
प्रकाशित २०७६ भदौ ५ बिहिबार
ghar-mankumari.jpg

बाग्लुङ्ग। बाग्लुङ्गकी एकल वृद्धाले टुकी र दियालोको भरमा ४ दशकपछि घरमा बत्ति बालेर झलमल्ल हुदा निकै खुसी भएकी छिन् । गलकोट नगरपालिका ७ मल्म भल्साङकी ६६ बर्षीय वृद्धा मन कुमारी थापा विगत ४ दशकदेखि विभिन्न समस्यासंग पैठीजरी खेल्दै अभाव र सकसपूर्ण जिवन विताइरहेकी थिइन ।

विगत ४० बर्षयता घरमा टुकी र दियालो बालेर रात कटाउदै आएकी वृद्धाले आफ्नो दैनिकी निकै कष्टपूर्ण तरिकाले जिवन चलाउदै आएको बताइन । त्यस्तै वृद्धा थापाका श्रीमान र २ छोराको मृत्यु भएपछि झण्डै २० बर्षयता एक्लो जिवन विताइ  रहेकी एकल वृद्धा थापा  घर परिवारमा आफ्नो भन्ने कोही नभएपछि बेसारा जस्तै भौतारिदै हिड्ने गरेको उनले बताइन ।

यतिवेला बेसाहारा जस्तै बनेकी वृद्धा थापाको लागि अहिले विभिन्न संघ संस्थाले आर्थिक देखि खाद्यान्न र पक्की शौचालय र सोलार वत्ति लगायतमा सहयोग पाएपछि आफ्नो जिवनमा खुशी र थप उत्साह थपिएको एकल वृद्धा थापाले बताइन ।

साथै एकल वृद्धाको सहयोगका लागि घुम्टे युवा परिवार  गलकोट नगरपालिका ७ बाग्लुङ्गको जापान शाखाले नगद ३ लाख नगद आर्थिक सहयोगमा सोलार सेट,पक्की शौचालय, हिल ट्याङकी खानेपानी सहित नगद २ लाखको व्यवस्था गरेको घुम्टे युवा परिवार  गलकोट नगरपालिका ७ बाग्लुङ्गका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

त्यस्तै सात सय बगाले थापा समाज,जनहित कला केन्द्रले एकल वृद्धाको लागि गोठ मर्मत संम्भार लगायतमा सहयोग पु¥याएको सात सय बगाले थापा समाज गनपा ७ मल्ल बाग्लुङ्गका सचिव टोप बहादुर थापाले बताए ।

साथै विहान बेलुका एक छाक टार्न निकै गाह्रो भएकी एकल वृद्धा मन कुमारी थापाको लागि छिमेकी र फुलबारी आमा समूहले खाद्यान्न लगायत आवश्यक व्यवस्था मिलाइ दिएको फुलबारी आमा समूह गनपा ७ मल्ल बाग्लुङ्गका अध्यक्ष मन कुमारी खड्काले जानकारी दिइन ।

विगत लामो समयदेखि अध्यारो र टुकी दियालोले जेनतन जिवन गुजारा गदै आइरहेकी एकल मन कुमारी थापाको कुनै प्रशस्त खेतबारी नत आम्दानी न भरपर्दो आर्यश्रोत नै थियो उनको आयश्रोत भनेकै एकल वृद्धाभत्ता मात्र विभिन्न अभाव र गरिवीसँग जुध्दै बाचिरहेकी एकल वृद्धा मनकुमारी  थापाको लागि वृद्धा भत्ता तथा अन्य संघ संस्थाहरुलाई सहयोगका लागि समन्वय गरेको गलकोट नगरपालिका ७ बाग्लुङ्ग वडाअध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ