५० बर्षिय फुटबल म्यानेजरले मैदानमा ओर्लेर खेल जिताए
प्रकाशित २०७६ भदौ ५ बिहिबार
757
Shares
एजेन्सी। स्कटल्याण्डमा भएको ग्लासगो कपमा क्लोयड एफसी र सेल्टिक कोल्ट्स बिचको खेलमा क्लयोडका ५० बर्षिय म्यानेजर डेनी लेनन मैदानमा ओर्लेका थिए। उनले एक असिस्ट पनि गरेका थिए।
उनको असिस्टले खेल क्लयोडले ३-१ गोलले जितेको थियो। आफ्ना टोलीका अधिकांश केलाडीहरु घाइते भएका कारण लेननले शुरुमै खेलाडीको सुचीमा आफ्नो नाम लेखाएका थिए।
खेलको ७६औं मिनेटमा मैदान प्रवेश गरेका लेननको असिस्टमा क्रेग होवले गोल गरेका थिए। उनी मैदानमा सबैभन्दा बढि उमेरका खेलाडी रहे। सेल्टिकका २ खेलाडी भन्दा उनी ३३ बर्ष जेठा थिए।
उनी सन् २०१३मा पनि सेंट मेरेन टिमका ब्यवस्थापक रहेका थिए र एक खेलमा मैदानमा ओर्लेका थिए।